भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको छ : गृहमन्त्री श्रेष्ठ – Himalayan Dainik

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको छ : गृहमन्त्री श्रेष्ठ


भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको छ : गृहमन्त्री श्रेष्ठ

गोरखा – गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नछुट्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको समेत बताएका छन् ।

आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दयरामा ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘कोही निर्दोष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’

विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको उनले जानकारी दिए ।