परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन – Himalayan Dainik

परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन


परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले आज राहदानी विभागको अनुगमन गरेका छन् । मन्त्री भएपछि साउदले पहिलोपटक राहदानी विभागको अनुगमन गरेका हुन । सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउद विभागको अनुगमनमा पुगे।
मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।