काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। पुतलीसडकस्थित बज्र कम्प्लेक्समा बैठक बस्ने तयारी भएको पार्टीले जनाएको छ ।
यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा बैठक बस्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार आइतबारको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्रमाथि छलफल हुनेछ।