काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन्। उनी सडक अवरोध हुने र नागरिकले सास्ती पाउने कुरालाई ध्यानमा राख्दै कुनै तामझाम नगरी संसद भवन जाने भएका हुन।