काठमाण्डौ – मिथिलाञ्चलमा आज बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ ।
जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ ।
यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्ने पराम्परा रहेको छ ।