आजबाट ‘डाकिनी’ हलमा – Himalayan Dainik

आजबाट ‘डाकिनी’ हलमा


आजबाट ‘डाकिनी’ हलमा

काठमाडौँ – आजबाट साढे नौ करोड रुपैयाँ लागतमा बनेको फिल्म ‘डाकिनी’ रिलिज भएको छ ।

चीनमा क्राउड फण्डिङबाट फिल्मको लगानी जुटाइएको थियो । उक्त फिल्मको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो सिनेमालाई खिन्से नोर्बु ९जोङसार खिन्से रिम्पोछे०ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरु हुन् । फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्र पाटन र पनौतीमा खिचिएको छ ।