काठमाडौं – पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, विहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेका छन् ।