काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनी पक्राउ परेका हुन ।
मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले बताएको छ ।