काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले बताए ।