गैँडाको खागसहित ललितपुरबाट ३ जना पक्राउ – Himalayan Dainik

गैँडाको खागसहित ललितपुरबाट ३ जना पक्राउ


गैँडाको खागसहित ललितपुरबाट ३ जना पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–४ स्टिल टावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग ९ओखेटोपहार० सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुरको एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाण्डौको नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

स्टिल टावर चोक नजिक गैँडाको खाग खरिदरबिक्री गर्दै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गैँडाको खागसहित फेला पारि पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको प्रहरीले जनाएको छ । – रासस