काठमाडौं – सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १।२८ प्रतिशतको वृद्धि हो ।
बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो ।