काठमाडौको तारकेश्वर बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु – Himalayan Dainik

काठमाडौको तारकेश्वर बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


काठमाडौको तारकेश्वर बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको – तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए।