सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध छ : स्रचारमन्त्री शर्मा – Himalayan Dainik

सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध छ : स्रचारमन्त्री शर्मा


सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध छ : स्रचारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिएकी छन् । मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी रहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनेगरी यसका सेवा प्रदायक संस्थाहरुलाई काम गर्न सचेत गराएकी हुन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लक्ष्य निर्धारण गर्न र सोही अनुसारको कार्यक्रम बनाएर अघि बढन पनि सो क्षेत्रका निकायहरु लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याइन् ।

मन्त्री शर्माले दूर सञ्चार क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुबीच व्यापक छलफल गरेर अघि बढनुपर्ने बताइन् । मन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमक निकायको रुपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराइन् । उनले सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध रहेको बताइन् ।

प्रविधिको क्षेत्रको बढदो प्रयोग, घटदो राजस्व । यहाँनिरको कन्ट्राडिशन कहाँनिरको हो रु यहाँको समस्या कहाँको हो रु यसलाई व्यापक रुपमा छलफल गरेर यसका निम्ति गर्नुपर्ने आवश्यक सहकार्य गरौं । सबैले आपसमा सहयोग गरौं । तैले गरिनस्, मैले मात्रै गरेँ भन्ने कुरा पनि नराखौं । हाम्रा जति पनि सरकारी निकायहरु छौं, ती सबै निकायहरुले आ–आफ्नो काममा विशेष केन्द्रित बनौं’ उनले भनिन्, ‘म फेरि पनि दोहोर्याएर के आग्रह गर्न चाहन्छु भने हामी जब लक्ष्य निर्धारण गर्दैनौं, त्यो लक्ष्यमा पुग्ने कार्यक्रम निर्धारण गर्दैनौं, त्यसपछि भैपरी आउने काम मात्रै गर्यौ भने लक्ष्यमा पुग्न कहिल्यै पनि सकिदैन । त्यसैले हाम्रो, मासिक, अर्धवार्षिक, वार्षिक, दुइ वार्षिक यस्ता खालको लक्ष्यहरु निर्धारण गरौं ।’