पाँचथर – पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदीबहिनीको) ज्यान गएको छ । आज बुधवार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।
ट्र्याक्टरबाट खसेर स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।
चालक सिटको छेउमा रहेका उनीहरू ट्र्याक्टरबाट खसेपछि ट्र्याक्टरले किचेर ज्यान गएको प्रहरीले जनाएको छ ।