काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सबिच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटार निवासमा भएको उनीहरु बिचको भेटवार्ता भएको हो ।
भेटमा प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियाली सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे। प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन ।
अष्ट्रेलियाली मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको प्रशंसा गरेका थिए । ।