पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण – Himalayan Dainik

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण


पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरिन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपिन्।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरिन्।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारीको निधन भएको थियो।