लामोदुरीको गाडीभाडा घट्यो , घटेको मूल्य आजदेखि नै लागू हुने – Himalayan Dainik

लामोदुरीको गाडीभाडा घट्यो , घटेको मूल्य आजदेखि नै लागू हुने


लामोदुरीको गाडीभाडा घट्यो , घटेको मूल्य आजदेखि नै लागू हुने

काठमाडौं – सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

२०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय विभागले गरेको थियो ।