वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको एमाले अध्यक्ष ओलिको आरोप – Himalayan Dainik

वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको एमाले अध्यक्ष ओलिको आरोप


वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको एमाले अध्यक्ष ओलिको आरोप

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोप लगाएका छन । ३१ औं मदन-आश्रति स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।देशलाई यस्तो स्थितिमा पुर्‍उनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप ओलीले लगाएको छ । कांग्रेस कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’