काठमाडौं – कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
एक जना विदेशी क्लाइन्टलाई लिएर उनी आज बिहान सगरमाथा शिखरमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिए ।
यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।