शेयर बजार सामान्य बढ्यो, ६४ करोड रुपैयाँको कारोबार – Himalayan Dainik

शेयर बजार सामान्य बढ्यो, ६४ करोड रुपैयाँको कारोबार


शेयर बजार सामान्य बढ्यो, ६४ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीको २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएको छ ।