काठमाडौं – अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा सहयात्री बचत तथा ऋण सहकारी संस्थाले आर्दश बुहारी सम्मान गरेको छ । हिजो सोमबार संस्थाले एक कार्यक्रका विच उक्त सम्मान गरेको हो । सम्मानित हुनेमा सोही सहकारीका सदस्य मध्येका तिन जना मनिका आचार्य, गोमा डोटेल र राधिका पुडासैनीलाई रहेका छन । उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख शान्ता थापाले सम्मान प्रदान गरेको
सहयात्री सहकारीका अध्यक्ष खेमराज सुवेदीले बताए ।
संस्थाले परिवारको सद्भाव र जिम्मेवारीलाई सर्वोत्कृष्ट तरिकाले बहन गरी उदाहरणीय कर्म गर्ने बुहारीहरुलाई सम्मान गरेको जनाएको छ । यस्तै, सामाजिक सत्कर्ममा लाग्न सबै सदस्यहरुमा उत्प्रेणा मिलोस भन्नका लागि संस्थाले यस्तो कार्यक्रम आयोजना बताएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज सुवेदीले समाजमा उदाहरणीय कर्म गर्ने सदस्यलाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको बताए ।
२०६३ सालमा स्थापित सहयात्री सहकारीमा हालसम्म ५ हजार १ सय ७ जना सदस्य रहेका छन । यस संस्थाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र पर्दछ । जसको कुल वासलात ३३ करोड रुपैयाँ रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख शान्ता थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अनिल थापा, जनप्रतिनीधीहरु, वडा सचिव, सञ्चालक समिति, केन्द्र प्रमुख, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
संस्थाका सदस्य राधादेवी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहयात्री सहकारी संस्थाकी केन्द्र प्रमुख पवित्रा खड्काले गरेकी थिइन ।
तस्बिरमा सहयात्री सहकारी संस्थाको आदर्श बुहारी सम्मान कार्यक्रम :