पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता छ :मन्त्री किराती – Himalayan Dainik

पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता छ :मन्त्री किराती


पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता छ :मन्त्री किराती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताएका छन । मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् ।आफूले मन्त्रीको रुपमा रहँदा सो अनुभूति गरेको उनले बताए । मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे ।

त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ ।