काठमाडौं – सरकारका अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले डा। नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवा र मञ्जु खाणमाथि मिडिया ट्रायल गरेर दोषी भन्न नहुने बताएका हुन्। उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन।
प्रवक्ता महतले मञ्जु खाण कहाँ छन् भनेर पार्टीले फलो नगरेको समेत बताए।
‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन। उहाँहरूमाथि मिडिया ट्रायल भइराख्या छ। डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ। न उहाँ आरोपित हो न प्रमाणित छ। यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन। यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने।