काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ।