काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ ।
रायमाझीको सोमबार प्रहरीले पाँच घण्टा लामो बयान लिएको हो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी वैशाख ३१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।