ए डिभिजन लिग : आज तीन खेल – Himalayan Dainik

ए डिभिजन लिग : आज तीन खेल


ए डिभिजन लिग : आज तीन खेल

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

च्यासल मैदानमा दिउँसो ३ बजे शुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पुलिस १७ खेलबाट १९ अंक जोडेर १३औँ स्थानमा छ भने एपीएफ समान खेलबाट २२ अंकसहित दशौँ स्थानमा छ । दिउँसो ३ बजे नै दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।

१७ खेल खेलेको थ्रीस्टार २५ अंकसहित पाँचौ स्थानमा हुँदा समान खेलबाट २४ अंक जोडेको आर्मी छैटौँ स्थानमा छ। यस्तै दशरथ रंगशालामा साँझ ६ बजे सातदोबाटो र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ। चर्च ब्वाइज १७ खेलबाट ३० अंकसहित तालिकाको दोस्रो स्थानमा र सातदोबाटो समान खेलबाट २६ अंकसहित चौथो स्थानमा छ।

लिगमा १८ खेल खेलेको जावलाखेल युथ ३१ अंकसहित शीर्ष स्थानमा छ।