शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री प्रचण्ड


शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन ।

उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए ।

प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताए।