पर्दामा देखीएका हरेक कुरा सहि हुँदैनन् : गायिका समिक्षा अधिकारी – Himalayan Dainik

पर्दामा देखीएका हरेक कुरा सहि हुँदैनन् : गायिका समिक्षा अधिकारी


पर्दामा देखीएका हरेक कुरा सहि हुँदैनन् : गायिका समिक्षा अधिकारी

काठमाडौं –  गायिका समिक्षा अधिकारीले पर्दामा देखिएका सबै कुरा सही नहुने बताएकी छिन ।

आज सामाजिक संजाल फेसबुकमा उनले एक स्टाटस लेख्दै यस्तो बताएकी हुन ।

‘उनी लेख्छिन , कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ। अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन्। अनि कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बड्न खोज्छु मेरा पाईला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु। ए मेरो पनि भावना छ, तपाईको जस्तै। मेरो पनि मन छ तपाईँको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ। लाग्छ अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो। म गलत छैन । म कुनै चरित्रहीन छोरी होईन मेरो पनी परिवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहि हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ,’