हेटौंडा – बागमती प्रदेशसभा बैठक भोलि बुधबार बस्ने भएको छ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबारको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो। बैठक बुधबार दिउँसो २ः१० बजे बस्नेछ।
उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।