सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु राज्यको दायित्व:राष्ट्रपति भण्डारी – Himalayan Dainik

सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु राज्यको दायित्व:राष्ट्रपति भण्डारी


सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु राज्यको दायित्व:राष्ट्रपति भण्डारी

हेटौंडा-  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पु¥याउनु राज्यको प्रमुख दायित्व भएको बताएकी छिन ।

हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तिव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिदै जानु चिन्ताको विषय भएको बताइन । मानव जीवनको आधारभुत आवश्यकताको रुपमा रहेको स्वास्थ्य केवल रोग नलाग्नु मात्र होइन भन्ने तर्क गर्दै राष्ट्रपति भण्डारीले बरु शारिरीक एवं मानसिक रुपले समेत तन्दुरुस्त र सकारात्मक रहन सकिने अवस्था वास्तविक अर्थमा स्वास्थ्य भएको बताइन । जनस्वास्थ्यको उच्चतम लक्ष्य हासिल गर्न जनताकै घरदैलोमा सामान्य औषधीमुलोदेखि आधुनिक प्रविधियुक्त विशेषज्ञ सेवा उपलब्ध गराउनु आवश्यक भएको उनले बताइन ।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौंडा अस्पतालमा २ सय शय्या नियमित सञ्चालन हुने भएको छ। अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको आकस्मिक शय्या संख्या ८ बाट ब९ाएर २४ पुर्‍याइएको छ।

अस्पतालमा हाल ५७ जना चिकित्सक कार्यरत रहेकोमा ३८ जना विशेषज्ञ डाक्टर छन्। अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना गरी २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ।

हाल अस्पतालमा १७ शय्याको आइसियू, २० शय्याको एचडीयू क्षमता र ६ शय्याको डाइलाइसिस सेवा सञ्चालनमा रहेको छ।