‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ:माधव नेपाल – Himalayan Dainik

‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ:माधव नेपाल


‘पावर सेयरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्छ:माधव नेपाल

दाङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्।

मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।

‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने,‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’

उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए।