माधव नेपालले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : शेखर कोइराला – Himalayan Dainik

माधव नेपालले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : शेखर कोइराला


माधव नेपालले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : शेखर कोइराला

काठमाडौँ –  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन् ।

नेता कोइरालाले आज सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने बताए ।

उनले भने, ‘हिजोदेखि एउटा कुरा आएको छ, केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने । उहाँहरू पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी बनाउनुभयो । त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने चान्स हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ । त्यो ढुक्क हुनुस् ।’