काठमाडौँ – आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २५ सयमा कारोबार भएको छ ।
त्यस्तै ,आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।