श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र – Himalayan Dainik

श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र


श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र

काठमाडौँ – श्रमजीवी-पत्रकार सङ्घ, नेपालले सञ्चार मन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै सङ्घका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको हो ।

अधिकारपत्रमा श्रमजीवीहरूको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि पारिश्रमिक वृद्धि नगरिएको उल्लेख गरिएको छ ।