आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेष कार्यक्रमका साथ मनाउँदै – Himalayan Dainik

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेष कार्यक्रमका साथ मनाउँदै


आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेष कार्यक्रमका साथ मनाउँदै

काठमाडौं – नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउँदै छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ।

मंगलबार २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो। यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ। ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको बताइन्छ। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। व्यक्ति वा समाजअनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको उनको भनाइ छ।