कोभिडविरुद्धको ३ लाख ४५ हजार मात्रा फाइजर खोप नेपाल आइपुग्यो – Himalayan Dainik

कोभिडविरुद्धको ३ लाख ४५ हजार मात्रा फाइजर खोप नेपाल आइपुग्यो


कोभिडविरुद्धको ३ लाख ४५ हजार मात्रा फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं – सोमबार कोभिडविरुद्धको ३ लाख ४५ हजार ६ सय मात्रा फाइजर खोप नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

२ मात्रा खोप लगाएका १२ वर्षमाथिका किशोरलाई बुस्टर डोजको रुपमा यो खोप प्रयोग गरिने यसअघि नै स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ।

यसअघि पनि यही फागुन १ गते ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको थियो। यही परिमाणको खोप अब ११ गते पनि आउनेछ। बाँकी रहेको १ लाख २० हजार मात्रा खोप १५ फागुनमा आइपुग्नेसमेत बताइएको छ।