काठमाडौं – उच्च अदालतको आदेशविरुद्व क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।
उच्च अदालतको आदेशविरुद्व सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेपनि देश छोडेर बाहिर जान प्रतिबन्ध लगाएको छ ।
सन्दीपको पुनरावेदन निवेदनको पेशी फागुन १२ गतेलाई तोकिएको छ । उच्च अदालतको आदेशका कारण सन्दीप दुबईमा आयोजना हुने श्रृंखलामा सहभागी हुन नपाउने भएपछि सन्दीपले राष्ट्रिय टीमबाट अन्तर्राष्ट्रिय खेल खेल्न पाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएका हुन् ।
नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । सर्वोच्च अदालतले सन्दीपको पक्षमा आदेश दिएमा सन्दीप पनि टोलीसँगै दुबई जानेछन् ।