काठमाडौं – लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् । अहिरलाई मुख्यमन्त्री लीला गिरीलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघि कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई कृषि मन्त्री बनाएका हुन् ।