जसपाको विधान अधिवेशन आगामी चैतमा – Himalayan Dainik

जसपाको विधान अधिवेशन आगामी चैतमा


जसपाको विधान अधिवेशन आगामी चैतमा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बलकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो ।