काठमाण्डौ – पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनको मङ्गलवार भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।