दलहरुले बुझाएको समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु – Himalayan Dainik

दलहरुले बुझाएको समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु


दलहरुले बुझाएको समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु

काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरुले शनिबार बुझाएको समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन सुरु गर्ने भएको छ।

दलहरुले बुझाएको समानुपातिक उम्मेदवाहरुको बन्दसूचीभित्रबाट नाम परेरनपरेको, महिला,अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भएरनभएको आयोगले छानबिन गर्नेछ।

आयोगले छानबिन गरेर प्रमाणित गरेपछि मात्रै नामावलीले मान्यता पाउने प्रावधान छ।

त्यसका लागि दलहरुलाई समानुपातिक सांसदहरुको सूची सच्याउन आयोगले आइतबार र सोमबार समय दिएको छ।

समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले दुई दिनको समय दिएको हो।

आयोगको तालिका अनुसार दलहरुले शनिबार समानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगसमक्ष बुझाएका थिए।

निर्वाचन आयोगका अनुसार समानुपातिक सिद्धान्तअनुसार भएरनभए छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिनेछ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन मंसिर अन्तिमसम्म राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ।