काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको हो । राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ । त्यसमध्ये पाँच महिला सांसद हुनेछन् ।