काठमाडौं – प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको बताएका छन्। १९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वषन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताए।
नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले गर्दै आएको योगदान अनुकरणीय छ,प्रधानमन्त्री देउवाले भने, सबैले कदर गर्नुपर्छ।
ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपाल भौगोलिक रुपमा सानो भएता पनि प्राकृति र सांस्कृति सम्पदाले धनी मुलुक रहेको र संस्कृति र सभ्यतालाई जीवन्त राख्नु साझा दायित्व रहेको बताए।
देउवाले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गास्ने बताए ।
