समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत – Himalayan Dainik

समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत


समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ।

१ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख १३ हजार, नेपाली कांग्रेसले २५ लाख ७७ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ९ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टी बन्नका लागि थ्रेस होल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले २ लाख ८९ हजार मत प्राप्त गरेको छ । यो कूल सदर मतको २ दशमलब ८५ प्रतिशत मात्रै हो। राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।