चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको ९६ वर्षको उमेरमा निधन – Himalayan Dainik

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको ९६ वर्षको उमेरमा निधन


चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको ९६ वर्षको उमेरमा निधन

एजेन्सी – चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज बुधवार दिउँसो उनको निधन भएको हो ।

नेता जियाङ ९६ वर्षका थिए। केहीबेर अघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिले उनको निधनको घोषणा गरेको हो ।

पूर्वराष्ट्रपति जियाङले सन् १९८९ देखि २००२ सम्म सीपीसीको महासचिव, त्यही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए।

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिकस्थलमा देखिएका थिए । तीन वर्षअघि उनी तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी भएका थिए ।