शेयर बजार साढे ३ अङ्कले घट्यो, कारोबार रकम ८४ करोड रुपैयाँमै सीमित – Himalayan Dainik

शेयर बजार साढे ३ अङ्कले घट्यो, कारोबार रकम ८४ करोड रुपैयाँमै सीमित


शेयर बजार साढे ३ अङ्कले घट्यो, कारोबार रकम ८४ करोड रुपैयाँमै सीमित

काठमाण्डौ – शेयर बजार आज बुधवार साढे तीन अङ्कले घटेको छ । शेयरबजार परिसूचक नेप्से आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।