एमालेको विजय जुलुसमा ढुंगामुढापछि सुनसरीको दुहबी तनावग्रस्त, तीन कार्यकर्ता घाइते – Himalayan Dainik

एमालेको विजय जुलुसमा ढुंगामुढापछि सुनसरीको दुहबी तनावग्रस्त, तीन कार्यकर्ता घाइते


एमालेको विजय जुलुसमा ढुंगामुढापछि सुनसरीको दुहबी तनावग्रस्त, तीन कार्यकर्ता घाइते

काठमाडौँ – सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा गरिएको छ । जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका ९ छाताबेलीमा झडपसमेत भयो ।

एमालेबाट प्रतिनिधिसभामा विजयी भगवती चौधवरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजयोत्व र्‍यालीमाथि आक्रमण भएको हो । एक्कासी ढुंगामुढा भएपछि केहीबेर सो क्षेत्र तनावग्रस्त बनेको प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।

ढुंगा लागेर एमाले कार्यकर्ताहरू लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष तथा सुनसरी ३ का क्षेत्रीय सभापति मेहदी हुस्सेनको घरनजिक पुगेको र्‍यालीमा एक्कासी आक्रमण गरिएको एमालेले जनाएको छ । अहिले सो क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अवस्था सामान्य रहेको डीएस्पी खड्काले बताए । ४८ सालदेखि निरन्तर जितिरहेका विजयकुमार गच्छदारलाई हराएर सुनसरी ३ मा यो पटक एमालेले जितेको थियो ।