परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा – Himalayan Dainik

परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा


परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा

काठमाडौं –  नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छन् ।

प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् ।सेमिफाइनल प्रवेश गरेपछि भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी प्रतिस्पर्धा पक्कै कठिन हुने भए पनि आफू उत्साहित रहेको बताएकी छन् । आफूलाई सक्दो भोट गर्न उनले अपील गरेकी छन् ।

आफ्नो टिमबाट अन्तिम आठमा प्रवेश गरेका ट्यालेन्टसँग कोच जोन लिजेन्डले नृत्य पनि गरेका थिए ।