शेयर बजार ३ प्रतिशतले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार – Himalayan Dainik

शेयर बजार ३ प्रतिशतले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार


शेयर बजार ३ प्रतिशतले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । हिजो सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।