विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा – Himalayan Dainik

विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा


विवाह पञ्चमीको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं – मधेस प्रदेश सरकारले सोमबार(भोलि) सार्वजनिक बिदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार(आज) प्रेस विज्ञप्ति जारी गर्दै भोलि सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको छ ।
त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।